कांग्रेस संसदीय दलको बैठक बस्दै, आगामी बजेटका वारेमा छलफल हुने

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।बानेश्वरस्थित संसद भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाईएको छ ।मुख्यतः बजेटको बिषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक हिजो देखी सुरु भएको हो ।

 

पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाईएको हो ।  आर्थिक बर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुदैँछ ।