प्रिमियम लिगः लिडस र लेस्टर सिटी बराबरीमा टुंगिए, बाँडे अंक

काठमाडौं, १३ बैशाख । लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् ।इंगलिस प्रिमियम लिगको जारी खेलमा लिडस र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाडेका छन ।

लिड्सका लुइस सिनिसटेराले सुरूवाती गाेल गरेर १–० काे अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्याे ।यस बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ ।