आइपीएल : कोलकत्ताद्धारा बेंग्लोर पराजित

कोलकत्ता नाईट राईडर्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरमाथी लगातार दोस्रो जित निकालको छ । बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा कोलकत्ता २१ रनले विजयी भएको हो । कोलकत्ताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्र बनायो ।

बेंग्लोरका लागि कप्तान विराट कोहलीले ३७ बलमा ६ चौकाको सहयोगमा ५४ रन बनाए । महिपाल लुमरोका १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए । दिनेश कार्तिकले १८ बलमा २२ रन बनाउँदा सुयश प्रभुदेशाई ९ बलमा १० रन बनाए । कोलकत्ताका लागि वरुण चक्रवर्तीले ३ तथा आन्द्र रसेल र सुयश प्रभुदेशाईले समान २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । कोलकत्ताका लागि ओपनर जेसन रोयले २९ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । बेंग्लोरका लागि विजयकुमार बैशाख र वानिन्दु हसरंगाले समान २-२ तथा मोहम्मद सिराजले १ विकेट लिएका थिए ।