हट जान्हवी कपुरले फेरी मच्चाउलान् त तहल्का

बलिउड अभिनेत्री जान्हवी कपुरले छोटो समयमै कडा मेहनत गरेर आफ्नो लागि ठूलो स्थान कमाएकी छिन् । बलिउडमा धेरै फिल्म गरिसकेकी अभिनेत्री अब साउथ फिल्म उद्योगमा डेब्यु गर्ने तयारीमा छिन् । उनी चाँडै साउथ सुपरस्टार जुनियर एनटीआरको आगामी फिल्म ‘एनटीआर ३०’ मा देखिनेछिन् । यो जानकारी अभिनेत्री स्वयमले दिएकी हुन् । चलचित्रको छायांकन सुरु भइसकेको छ ।

तर के तपाईलाई थाहा छ जान्हवीले एनटीआर ३० को लागि मोटो रकम लिएकी छिन् ।जाह्नवी कपुरले आफ्नो बलिउड करियरको सुरुवात फिल्म ‘धडक’बाट गरेकी थिइन् । यस फिल्ममा अभिनेत्री इशान खट्टरसँग देखिएकी थिइन् । त्यसपछि जान्हवी धेरै फिल्ममा देखिएकी थिइन् । जसमा ‘गुंजन सक्सेना’, ‘रुही’, ‘गुड लक जेरी’ र ‘मिली’ जस्ता फिल्महरू पर्छन्।

‘मिली’ ओटीटीमा रिलिज भएको थियो, जसमा जान्हवी कपूरले आफ्नो अभिनयले दर्शकको मन जितिन् ।जान्हवी कपूरका फ्यानहरू पनि उनलाई जुनियर एनटीआरसँग स्क्रिन सेयर गरेको देखेर निकै उत्साहित छन्। यो फिल्मका लागि अभिनेत्रीले ४ करोड पारिश्रमिक लिएकी छन् । तर, अपडेटेड रिपोर्टका अनुसार निर्देशक कोरतला शिवको शीर्षकविहीन फिल्मका लागि अभिनेत्रीले ५ करोड पारिश्रमिक लिएको दाबी गरिएको छ ।

जान्हवी कपूर जस्तै अभिनेत्री श्रद्धा कपूरलाई पनि फिल्म ‘साहो’का लागि यति ठूलो रकम दिइएको थियो । तर, त्यसअघि कट्रिना कैफलाई प्रभासको फिल्म अफर गरिएको थियो । जसका लागि उनले ७ करोड मागेकि थिईन् । तर केही पनि साकार हुन सकेन र फिल्म श्रद्धा कपुरको हातमा गयो । यस फिल्मका लागि श्रद्धालाई ५ करोड पारिश्रमिक दिइएको थियो । अहिले जान्हवी कपुरले पनि श्रद्धा जत्तिकै रकम पाइरहेको छ । जान्हवीका अलावा सैफ अली खान पनि ‘एनटीआर ३०’ मा देखिनेछन् । फिल्ममा उनी भिलेनको भूमिकामा देखिनेछन् ।