प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने बालुवाटारमा

काठमाडौैं, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । सो क्रममा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन् ।

यसअघि निर्वाचित भएपछि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राखिराख्नु पर्ने भन्ने नरहेको दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले चासो राखेका थिए । आइतबारको भेटमा पनि सरकारलाई दिएको समर्थन र सहभागी हुने नहुने विषयमा पनि लामिछानेसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् । पार्टीको केन्द्रीय केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।