आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ वैशाख-नेपालमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या २८३ रहेको छ । हाल संस्थागत आइशोलेशनमा ३२, आइसीयूमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।