विकाश नगर्ने नेताहरुलाई माडीका युवाले दिए यस्तो डरलाग्दो चेतावनी

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि समृद्धिका लागि युवा अभियान माडीले मोटरसाइकल (याली निकालेको छ । सोमबार समृद्धिका लागि युवा अभियान माडी र माडी जेसीजको सहकार्यमा माडीको बसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म (याली प्रदर्शन गरिएको हो ।

प्रदर्शनको क्रममा युवाहरुले निकुञ्जका जनावरहरुले पनि धुलोका कारण मास्क लगाउनुपरेको प्रतिकात्मक फोटो ब्यानर र प्लेकार्ड पनि बोकेका थिए । प्लेकार्डमा “वायु प्रदुषणले जनावरलाई पनि हानी पुर्‍याउँछ, सँगै लडौं”, “बन्यजन्तु र मानब दुबैको हितकोलागी धुलो रहित बाटो आजको आबस्यकता”, “Full of Dust, We are Lost”, “Much Pollution not Solution” र “Reduce Pollution, Save Wildlife, Secure our Future” लेखिएको थियो ।

निकुञ्जभित्र बाटोमा उड्ने धुलोले जनावरहरुलाई समेत असर गरेको र यो बिषय अन्तर्राष्ट्रिय र राष्ट्रिय चासो एवं चिन्ताको बिषय रहेकोले अब धुलोरहित सडक निर्माण गर्नुपर्ने भन्दै र्याली निकालिएको माडीका एक अभियन्ता हरि लम्सालले जानकारी दिए ।

यस्तै बिप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य सन्देश पौडेलले माडीका युवाहरुले गरेको सो दबाबमूलक कार्यक्रमको आफ्नो पार्टीले समर्थन गर्ने बताए । उनले निकुञ्जभित्र सडक बन्न नसक्नुमा यहाँका सांसद र जनप्रतिनिधिहरु नै दोषि रहेको बताए । उनले जेठ १५ गते घोषणा हुने बजेटमा निकुञ्जभित्र कालोपत्रे बनाउने बजेट नसमेटिए युवाहरुले सांसद र जनप्रतिनिधिहरुलाई माडी आउनै रोक्नुपर्ने पनि बताए ।