रुटिनेसँग लगनगाँठो कसिन् रियाशाले

काठमाडौँ । कलाकार रियाशा दाहालले लगनगाँठो कसेकी छिन् । मोडल समेत रहेकी उनले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग विवाह गरेकी हुन् । भिक्टरलाई कतिपयले रुटिने भनेर पनि चिन्छन् । उनीहरूको विवाह बुधबार भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा चलिरहेको छ।

३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीो प्रमको चर्चा बेला बेलामा हुँदै आएको थियो । युट्युबमा प्रसारण हुने सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी रियाशा पछिल्ला दिनमा मोडलिगं सँगसँगै टेलिशृखला मेरी बास्सैमा लामो समय काम गरिन् । पछि उनले टेलिसिरियल ‘गाह्रो छ हो’ मा काम सुरु गरिन् र अहिले पनि गरिरहेकी छन्। यस टेलिसिरियलमा रियाशा धनी बाबुकी छुच्ची छोरीको भूमिकामा देखिरहेकी छन्।