काठमाडौंको सडकमै कोशी प्रदेश नामाकरणको विरोध गर्दै उभौली पर्व मनाइयो

काठमाडौं, २२ वैशाख । काठमाडौंको बानेश्वरमा कोशी प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले उभौली पर्व मनाएका छन् । शुक्रबार देशभर समुदायले उभौली पर्व मनाइरहेका छन् ।

सोही क्रममा काठमाडौंको बानेश्वरमा भेला भएका किराँती समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै आफ्नो सांस्कृति पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन् । आफ्नो सांस्कृतिक पोशाकसहित भेला भएका उनीहरूले ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए ।