श्री एयरलाइन्सको जहाज काठमाडौँ ल्याण्ड नगरी भैरहवा फर्कियो ? जुन जहाज ७२ सिट क्षमताको थियो

काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको ७२ सिट क्षमताको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको हो।

भैरहवाबाट ७ः ५५ मा उड्नुपर्ने जहाज ९ : ४० बजेमात्रै काठमाडौंतर्फ उडेको नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो । यात्रुहरू जहाजभित्रै छन् ।

चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । तर, कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन ।