सातदोबाटोस्थित टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं, २६ वैशाख । फरार सूचीमा रहेका एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न  काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो ।