काठमाडौंकी उपमेयर सुनिता डंगोलले चीनमा आफनो प्रस्तुतिकरण दिने

काठमाडौं, २७ बैशाख । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चीनमा आज आफनो प्रस्तुतिकरण गर्र्दैछिन् ।चीनको छाङ्सा सहरमा मंगलबारवाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फवाट उपमेयर डंगोलले आफनो प्रस्तुतिकरण दिन लागेकी हुन् ।

वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलवार चीन प्रस्थान गरेकी उपमेयर डंगोलले आज काठमाडौंको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफनो प्रस्तुतीकरण दिने छिन् ।‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा सो प्रस्तुतीकरण हुने महानगरपालिकाले जनाएको छ ।