अमेरिकी डलरसँगै युराेकाे पनि बढ्याे भाउ

काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । अमेरिकी डलर शुक्रबार १७ पैसाले बढेको छ । अघिल्लोदिन अर्थात बिहीबार डलर ९ पैसाले घटेको थियो।

शुक्रबार एकको अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसामा कारोबार भएको छ । यसाअघि बिहिीबार खरिदमूल्य १३० रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसाले घटेको हो । यसअघि बिहीबार युरोको खरिदमूल्य १४३ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ २ पैसा कायम गरिएको थियो ।

त्यस्तै, शुक्रबार पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६४ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ ५२ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल शुक्रबार एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर बिहिबार ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३७ पैसा र बिक्रीमा २९ रुपैयाँ ५० पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २३ पैसा तोकिएको छ।