काठमाडौंमा वर्षा जारी

काठमाडौं, ३१ वैशाख- पश्चिमी र स्थानीय वायुको प्रभावका कारण काठमाडौंसहित वाग्मती प्रदेश र कोसी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं, मकवानपुर, धादिङ, धनकुटा, तेह्रथुमलगायतका जिल्लाहरूमा वर्षा भइरहेको जनाएको हो ।