यति समुहका अध्यक्ष शेर्पाले गरे सगरमाथाकाे सफल आराेहण

काठमाडौं, ३ जेठ । पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान सोनाम शेर्पाले सगरमाथाको चुचुरो छोएका छन् ।
यती समूहका अध्यक्ष समेत रहेका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचरो टेकेका हुन । यसँगै उनले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापुर्वक आरोहण गरेका छन् ।

२०५० सालमा पत्नी पासाङसहित सगरमाथा आरोहणमा निस्केको भए पनि सोनाम त्यो बेला बेसक्याम्प–२ पुगेर फर्किएका थिए । तर, उनकी छोरी फुटी शेर्पाका अनुसार आमा पासाङ भन्दा अगाडी नै  सोनामले धौवलागिरी र थामसेर्फु हिमाल चढिसकेका थिए ।

मुख्यतयाः भुकम्प पछि सबै महादेशको सर्वोच्च शिखर चुम्ने उदेश्यसहित अघि बढेका सोनामले ३० बर्ष सगरमाथाको सफल आरोहण गरेका हुन । ६३ वर्षीय शेर्पा आफनो टोलीसँग मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरु हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए । आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको सपःल आराेहण सम्पन्न गरेका हुन ।