अमेरिकी राष्ट्रपतिको अष्ट्रेलिया र पुपुवा न्युगिनीको भ्रमण अन्तिम समयमा रद्ध

बाशिंगटन डिसी, ४ जेठ ।  कर्जा संकट गहिरिदै गएकाे भन्दै अमेरिकन राष्ट्रपति बाइडेनको अस्ट्रेलिया र पपुवा न्युगिनी भ्रमण रद्ध भएको छ ।आगामी साता हुन भनिएको अष्ट्रेलिया र पपुवान्युगिनीको भ्रमण राष्ट्रपति बाइडेनले अन्तिममा आएर रद्द गरेका हुन् ।जी–७ सम्मेलनमा सहभागी भएपछि उनले यी देशमा भ्रमण गर्ने तय भएको थियो । अब राष्ट्रपति बाइडेनले जापानमा हुने जी–७ सम्मेलनमा सहभागी भएपछि सोझै अमेरिका फर्किने छन् ।

जसकाकारण अस्ट्रेलियामा आयोजना हुदैँ गरेको ‘क्वाड’ सम्मेलनमा अब उनको सहभागिता रहने छैन । ‘क्वाड’ मा सम्मिलित देशहरूको बैठक यही मे २२ देखि २४ तारिखसम्म सिड्नीमा आयोजना हुदैँछ ।

अमेरिकालाई अहिले ३१ हजार ४ सय अर्ब डलर ऋणको बोझ छ । साथै, सरकारले उधारो लिने सीमा पार गरिसकेको छ । तर, ऋण तिर्नका लागि अमेरिकाले अझै ऋण लिनुपर्ने भए पछि अमेरिकी अर्थतन्त्र गहिरो संकटमा पर्न गएको छ ।

आर्थिक बिश्लेषकहरुले थप ऋणका लागि कुनै सम्झौता नभएमा अमेरिकामा जुन महिनादेखि झन् समस्या देखिने आर्थिक बिश्लेषकहरुले जनाएका छन् । यसै बिचमा बाइडेनले सो समस्या समाधान गर्नका लागि गत मंगलबार ह्वाइट हाउसमा आपत्कालीन बैठकसमेत डाकेका थिए ।

यसैबिच, पपुवा न्युगिनीमा हुन लागेको बाइडेनको भ्रमण भने निकै ऐतिहासिक मानिएको थियो । अमेरिकाका बहालवाला राष्ट्रपतिले पहिलो पटक प्यासिफिक आइल्यान्डस्थित देशको भ्रमण गर्न लागेको अवसरमा त्यो क्षेत्रमा उत्साह छाएको थियो । तर, वाईडेनले अन्तिममा भ्रमण रद्ध गरे पछि निराशा छाएको जनाईएको छ ।