भ्रष्टाचारविरुद्ध राप्रपाको विरोधसभा

काठमाडौं, ४ जेठ । राप्रपाले भ्रष्टाचारविरुद्ध बिहीबार विरोधसभाको आयोजना गरेको छ । काठमाडौंको वसन्तपुरमा बिहीबार दिउँसो हुने विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र  लिङदेनले सम्बोधन गर्नेछन् ।

सबै भ्रष्टाचार घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको राप्रपाले सडकबाट पनि दबाब सृजना गर्न लागेको हो ।