नीति तथा कार्यक्रम जीवन नभएको जस्तो : योगेश भट्टराई

काठमाडौं, ५ वैशाख-नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको जस्तो रहेको टिप्पणी गरेका छन् ।सरकारले प्रस्तुत गरेको नीति कार्यक्रमपछि प्रतिक्रिया दिँदै सांसद भट्टराईले उक्त कुरा बताएका हुन् ।

‘यो नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको छ । प्राण नभएको छ । कुनै सपना छैन । आजको तमाम मुलुकले भोगेको समस्या समाधान गर्ने कुनै नीति छैन,’ सांसद भट्टराईले भने ।