गायक बम्जनले ल्याए ‘आइजा दैव’को भिडियो

काठमाडौँ । गायक कर्म ग्यालचेन बम्जनको स्वर रहेको आइजा दैव बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आरबी खड्काको शब्द शृजना रहेको सार्वजनीक गीतमा फणिन्द्र राईको संगीत रहेको छ । जसमा किशोर थापाको मिक्सिगं र मास्टरिगं रहेको छ । भिडियोले पछिल्लो समय बैकिङ ज्यादतीमा आधारित तथा देश​को बिध​मान आर्थिक स​ङ्कट्, बैङ्कको च​र्को ब्याज द​र, निस्क्रिय स​र​कारको कार​ण यौटा उध​मि ब्य​व​सायि कस​री टाट प​ल्टिन्छ्, कस​री टुट्छ​,भन्नेस​म्म​को कथालाई देखाएको छ ।

समयसापेक्ष रुपमा बनाइएको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडलद्धय गरिमा शर्मा र जीवन भट्राईको अभिनय रहेको छ । यो जोडीले भिडियोमा खुलेर लअभिनय गरेका छन् । बैंकको चर्को ब्याज र आर्थिक मन्दीका कारण उधमी ब्यपारी युबाहरु कति सम्म मारमा परेका छन भनेर देखाउन खोजिएको भिडियोको निर्देशन अनुप चापागाइले गरेका हुन् । बुद्ध थापको छायांकन तथा विकाश दाहालको सम्पादन रहेको भिडियो केके अक्टेबबाट बजारमा आएको हो । हेर्नुहोस् मर्मस्पर्शी र सन्देशले भरिएको यो भिडियो