सुपरहिरो बन्दै द केरला स्टोरी अभिनेत्री अदा

मुम्बई-फिल्म ‘द केरला स्टोरी’ अभिनेत्री अदा शर्मा एक अन्तर्राष्ट्रिय प्रोजेक्टमा सुपरहिरो चरित्रमा देखिने भएकी छन् । उनले आफू सुपरहिरो बन्न लागेको स्वीकार्दै बाँकी कुरा खुलाउन चाहेकी छैनन् ।

‘मैले जहिल्यै पनि महिला सुपरहिरोलाई राम्री पाएकी छु । म अहिलेलाई यति मात्र भन्न सक्छु कि म सुपरहिरो चरित्रमा अभिनय गर्दै छु । बाँकी कुरा चाँडै साझा गर्नेछु । मलाई एक्सन विधा मनपर्छ । यो विधाको फिल्ममा जोडिन पाउँदा खुशी छु’, उनले भनेकी छन् ।

उनले आफूले फरक जनरा, विविध भूमिका गर्न चाहन्छु । मेरा दर्शकले पनि मैले त्यही गरोस् भन्ने चाहेका छन् । ‘द केरला स्टोरी’ पछि यो धेरै फरक हुनेछ भन्नेमा म विश्वस्त छु । यो फिल्मको ट्रेलर आएपछि मात्र यो प्रोजेक्टको बारेमा बोल्नेछु’, अदा भन्छिन् ।‘द केरला स्टोरी’ले भारतीय बजारमा २ सय ३८ करोडको व्यापार गरिसकेको छ ।