संसदीय समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीकाे नाम सर्वसम्मत अनुमोदन

काठमाडौं, १ असार । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीमा प्रस्तावित हरिकृष्ण कार्कीको नामलाई सर्वसम्मत अनुमोदन गरेको छ । शुक्रबार बसेको समिति बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । योसँग अब कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेसँगै अब कार्कीलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको हो ।

बिहीबार समिति बैठकमा आफ्नो कार्ययोजना पेस गरेका कार्कीलाई शुक्रबार उनीविरुद्ध परेको उजुरीबारे सांसदले प्रश्न गरेका थिए । आफूमाथि लगाइएको आरोप प्रमाणित भए तत्कालै राजीनामा दिनेसमेत बताएका थिए ।