‘किसिङ म्यान’ इमरान हाशमी भिलेनकाे भुमिकामा देखिने

मुम्बई, १  असार । साउथ निर्देशक सुजीतको ग्याङस्टार फिल्म ‘ओजी’ घोषणापछि निरन्तर चर्चामा छन् ।साउथको यो प्रतिक्षित फिल्ममा पवन कल्याण र प्रियंका मोहन प्रमुख भूमिकामा छन् । फिल्मको तेस्रो सेड्युलको छायांकन हाल हैदराबादमा भइरहेको छ ।

फिल्ममा बलिउड अभिनेता इमरान हाशमी खलनायक चरित्रमा देखिँदैछन् । इमरानको यो तेलुगु डेब्यू फिल्म हो ।‘म ओजीका साथ नयाँ यात्रा गर्न उत्साहित छु । फिल्मको कथा मजबुत र मनोरन्जक छ । यसले मलाई चुनौतीपूर्ण भूमिका प्रदान गरेको छ । पवन कल्याण, सुजीत, दानय्या र टीमका साथ काम गर्न उत्साहित छु’, इमरानले भनेका छन् ।

फिल्ममा प्रकाश राज, अर्जुन दास र श्रीया रेड्डीको पनि अभिनय छ । डीवीवी दानय्याले निर्माण गरेको फिल्म डीवीवी इन्टरटेनमेन्टको व्यानरमा बनिरहेको हो । फिल्ममा निर्देशक सुजीतकै लेखन छ ।