प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक, आयोगद्वारा दुःख व्यक्त

काठमाडौं, १ असार । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख आयुक्त थपलियाकी ९० वर्षीया आमा डम्बरकुमारी थापाको शुक्रबार निधन भएको हो । उनको निधनप्रति आयोगले शोक प्रस्ताव पारित गर्दै दुःख व्यक्त गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रेस विज्ञप्ति

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलियाको ममतामयी माता श्रीमती डम्बरकुमारी थपलियाको ९० वर्षको उमेरमा मिति २०८० असार १ गते बिहान ७ : ४५ बजे भएको असामयिक निधनबाट आयोग परिवार स्तब्ध भएको । श्रीमती डम्बरकुमारी थपलियाको असामयिक निधनप्रति मिति २०७९ असार १ गते आयोगको आकस्मिक बैठक बसी शोक प्रस्ताव पारित गर्दै यस दुःखद घडीमा मृत आत्माको चीरशान्तिको कामनासहित शोक सन्तप्त सम्पूर्ण परिवारप्रति आयोग परिवार हार्दिक समवेदना व्यक्त गर्दछ ।

शालिग्राम शर्मा पौडेल
सहसचिव एवं प्रवक्त