लोकप्रिय टेलिभिजन शो ‘कफी विद करण’मा आउँदै शाहरुख र आर्यन

मुम्बई, ३ असार । बलिउड निर्माता तथा निर्देशक करण जोहर नयाँ फिल्म ‘रकी और रानीकी प्रेम कहानी’बाट चर्चामा छन् ।

उनी चाँडै नै आफ्नो लोकप्रिय टेलिभिजन शो ‘कफी विद करण’को आठौं सिजन पनि दर्शकका लागि ल्याउँदैछन् । आफ्नो शोमा प्राय सेलिब्रेटीलाई पाहुनाका रुपमा बोलाउने करणले यसपटक भने अभिनेता शाहरुख खान र उनका छोरा आर्यन खानलाई पाहुनाका रुपमा स्वागत गर्दैछन् ।

‘कफी विद करण ८’ आगामी अगष्ट या सेप्टेम्बरमा रिलिज हुने तयारीमा छ । अघिल्लो संस्करणमा शाहरुख आउने चर्चा चले पनि त्यो समयमा उनी ‘पठान’को सुटिङमा व्यस्त रहेकाले समय छुट्याउन सकेका थिएनन् । आर्यन यतिबेला वेब सिरिज ‘स्टारडम’का साथ आफ्नो निर्देशन करियर सुरुवात गर्ने तयारीमा छन् ।

वेब सिरिजमा व्यस्त भइरहँदा करणको शोमा आउनु उनको करियरलाई बढावा दिनका लागि एउटा आदर्श लन्चपेड मानिएको छ ।