प्रतिनिधि सभा बैठकः तीन मन्त्रालयकाे बजेट माथी छलफल हुने

काठमाडौं- आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।

आजको बैटकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथी छलफल हुनेछ।

हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल  सकिएको थियो ।