आइसिसी क्रिकेटः आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, ४ असार । आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुदैँछ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।घरेलु टोली जिम्बाबेसँग पराजित भए पछि नेपालले दोस्रो खेल अमेरिकासँग खेल्न लागेको हो ।

सो खेलका जिम्बाबेको राजधानी  हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ वाट सुरु हुनेछ ।  प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उदेश्यसहित मैदानमा उत्रदैँछ । उत्कृष्ट लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा हार ब्योहोरेको नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिनेछ । पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएकाे अमेरिका पनि पहिलो जित निकाल्नका लागि नेपालसँग प्रतिस्पर्धा गर्दैछ ।