टाइटनिक हेर्न गएको बेपत्ता पनडुब्बीमा पाकिस्तानी अर्बपतिका बाऊ छोरा पनि

लन्डन, ६ असार । विश्वकै चर्चित पानी जहाज मध्येको एक टाइटानिक फेरी एकपटक चर्चामा आएको छ । एट्लान्टिक महासागरको गहिराइमा डुबेको यो जहाज हेर्न आइतबार पर्यटक पनडुब्बीमा पाँच जना गएका थिए तर यो पनडुब्बी अहिले दुई दिन देखी बेपत्ता भएको छ । अहिले अवस्था यस्तो छ कि उद्धारकर्ताहरू यो पनडुब्बी खोज्न लागि परेका छन् ।

यो पर्यटक पनडुब्बीको नाम सिर्ट टाइटन हो र समुद्रमा डुबेको साढे दुई घण्टामा यसको सम्पर्क टुटेको थियो। ब्लूमबर्गको रिपोर्ट अनुसार यो पनडुब्बीको दायरा ९६ घण्टा छ र यसले ७० घण्टा अक्सिजन राख्छ। अहिले धेरै सरकारी एजेन्सीहरू, अमेरिकी–क्यानडा नौसेना बल र व्यावसायिक रूपमा गहिरो समुद्रमा जाने कम्पनीहरूले यो पनडुब्बीको खोजी गरिरहेका छन्।

टुर कम्पनी ओशनगेटको यो सानो पनडुब्बीमा पाइलटसहित पाँच जना सवार थिए । यस पनडुब्बीमा पाकिस्तानका अर्बपति व्यापारी प्रिन्स दाउद र उनका छोरा सुलेमान र बेलायती व्यापारी हमिस हार्डिङ पनि रहेका छन् । यात्रामा निस्कनु अघि हार्डिङले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए– ‘म टाइटानिकको भग्नावशेषको अभियानको हिस्सा हुँ भन्न पाउँदा गर्व लाग्छ’।

प्रिन्स दाउदको बारेमा भनिएको छ कि उनी पाकिस्तानको सबैभन्दा धनी परिवार मध्ये एक हुन्। उनी एसईटीआई संस्थानका ट्रस्टी पनि हुन्। पनडुब्बीका पाइलटको नाम पल हेनरी हो र उनी फ्रान्सका बासिन्दा हुन्

न्यूयोर्क टाइम्सका अनुसार यो पनडुब्बीमा यात्रा गर्न पर्यटकले ३ करोड ६४ लाखभन्दा बढी शुल्कण्तिर्नुपर्ने हुन्छ । यो यात्रा न्यू फाउन्डल्याण्डको सेन्ट जोन्सबाट सुरु हुन्छ। टाइटानिकको भग्नावशेषसम्म पुग्न र निस्कन आठ घण्टा लाग्थ्यो।ओसेन्गेटको वेबसाइटका अनुसार कम्पनिका  तीनवटा पनडुब्बी छन् तर टाइटानिकको भग्नावशेषसम्म पुग्न टाइटन मात्र सक्षम छ। यस पनडुब्बीको तौल १० हजार ४३२ किलोग्राम रहेको र कम्पनीको वेवसाइटका अनुसार सो पनडुब्बी १३ हजार १०० फिटको गहिराइमा पुग्न सक्छ । यो पनडुब्बीमा पाँच यात्रुका लागि ९६ घण्टा जीवन बचाउने अक्सिजन छ।