१० प्रतिशत छात्रवृत्ति विवरण पेस गर्न संस्थागत विद्यालयलाई भरतपुर महानगरको निर्देशन

चितवन-भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले संस्थागत विद्यालयहरुलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ ।महाशाखाले  एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कूल विद्यार्थीको १० प्रतिशत नघट्ने गरी तोकिए बमोजिम असार १५ भित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सूचनामा विपन्न, गरिब, दलित, जनजाति, महिला, अपाङ्ग र जेहेन्दार विद्यार्थीको नामाबलीसहितको विवरण शैक्षिक प्रशासन महाशाखामा बुझाउन भनेको छ । निर्देशनमा तोकिएको समयमा नामाबली नबुझाएमा नियम अनुसार कारबाही हुने पनि जनाइएको छ ।

यस वर्ष छात्रवृत्ति उपलब्ध गराउन बाँकी रहेका र विवरण पेस गर्न बाँकी रहेका संस्थागत विद्यालयलाई महानगरले भरतपुर महानगरपालिका शिक्षा ऐन र छात्रवृत्ति कार्यान्वयन कार्यविधि अनुसार निर्देशन दिएको छ ।