आज रास्वपाको पहिलो बार्षिकोत्सव, दिउँसो चियापान

काठमाडौं, ७ असार । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफनो पहिलो बार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा रास्वपाले वालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको जनाईएको छ । उक्त चियापान कार्यक्रममा पुर्व प्रधानमन्त्री, मन्त्री, संबैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।