‘बगान’को टिजर सार्वजनिक

काठमाडौं-फिल्म ‘बगान’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता सरोज खनालको डेब्यु निर्देशनमा तयार गरिएको बगानको टिजर सार्वजनिक गरिएको हो । २९ असारमा रिलिज गर्न लागिएको बगानको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको छ ।

टिजरमा प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालाई पनि देखाइएको छ ।
स्वप्न नीरवको कथामा आधारित रहि बनेको बगानका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाह छन् ।