ऋतिक रोशनको फाइटरको तुलना टम क्रुजको फिल्मसँग

मुम्बइ, १२ असार । ऋतिक रोशनले आफ्नो अर्को फिल्म ‘फाइटर’ को पहिलो लुक सार्बजनिक भए पछि बिभिन्र प्रतिक्रिया देखिन थालेको छ । आफ्नो नयाँ चरित्रको नयाँ झलक देखाएर उनले फ्यानहरुलाई रोमाञ्चित बनाएका छन् । यो फिल्मको ऋतिक रोशनको पहिलो लुक हो ।

तस्बिरमा ऋतिकलाई सैनिकको वर्दीमा देख्न सकिन्छ । उनले आफ्नो छेउमा उभिएको लडाकु विमानमा हात राखेका छन्। उनी क्यामेरामा पछाडि उभिएर विमानलाई हेरिरहेका छन्।

ऋतिक रोशनले फोटोसँगै क्याप्सनमा फिल्म ‘फाइटर’ को रिलिज मिति उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘फाइटर’ २५ जनवरी २०२४ र ‘फाइटर’  रिलिज हुन ७ महिना बाँकी छ। जब अभिनेताका फ्यानहरूले यो तस्बिर देखे, उनीहरूले ‘फाइटर’ लाई टम क्रुजको फिल्म ‘टप गन: मावेरिक’सँग तुलना गरेका छन्।

एक प्रयोगकर्ताले लेख्छन्, ‘टप गनको प्रतिलिपि, बलिउडको परिचित शैली ।’  अर्को प्रयोगकर्ता भन्छन्, ‘के यो टप गनको रिमेक हो ?’ तेस्रो प्रयोगकर्ता भन्छन्, ‘सस्तो टप गन।’