बलिउड चलचित्र ‘सत्यप्रेमको कथा’ को एडभान्स बुकिङ उत्कृष्ट,

मुम्बई, १५ असार । चलचित्र  ‘सत्यप्रेमको कथा’ ले उत्कृष्ट अग्रिम बुकिङ प्रतिक्रिया पाएको छ । यति मात्र होइन, कार्तिक आर्यन र कियारा आडवाणीको फिल्मले यति राम्रो अग्रिम बुकिङ पाएको छ कि यो यस वर्षको पाँचौं सबैभन्दा धेरै एडभान्स बुकिङ गर्ने फिल्म बनेको छ । ‘सत्यप्रेम की कथा’ अघि कार्तिक आर्यन र कियारा आडवाणीको जोडी फिल्म ‘भुल भुलैया २’ मा देखिएका थिए । यो चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

ट्रेड विश्लेषक सुमित कँडेलका अनुसार ‘सत्यप्रेमको कथा’ ले देशका प्रमुख तीनवटै चेन आइनक्स, पीभीआर र सिनेपोलिसमार्फत गत बुधबार राति १० बजेसम्म मात्रै ५१ हजार ५०० टिकट बुक गरिसकेको छ । ट्रेड विश्लेषकले यसलाई कोभिड १९ महामारीपछिको यो मध्यम आकारको फिल्मको लागि उत्कृष्ट प्रि–सेल भएको बताए ।

‘सत्यप्रेम की कथा’ मा कार्तिक आर्यन र कियारा आडवाणीको साथमा सुप्रिया पाठक कपूर, गजराज राव, सिद्धार्थ रन्धेरिया, अनुराधा पटेल, राजपाल यादव, निर्मित सावन्त र शिखा तलसानिया छन्।फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् ।