बागमती प्रदेशसभाको बैठक बस्दै

हेटाैडा, १८ असार । बागमती प्रदेशसभाको बैठक बस्दैछ ।प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११  बजे बोलाइएको छ  ।गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूकाे आराेप छ कि बजेट  बिभेदकारी छ ।

हिजाे पनि २ बजे बाेलाइएकाे बैठक ढिलाे गरी ४ बजे सुरू भएकाे  थियाे । तर, साे बैठकमा पनि प्रतिपक्षले बिभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक साेमवार बिहान ११ बजे बाेलाइएकाे हाे ।

हिजै एमालेले पत्रकार सम्मेलन गरी ११ बुदेँ माग सार्बजनिक गर्दै साे  बिषय बजेटमा समावेश गर्नु पर्ने  बिषय उठान गरेकाे छ । आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार रहे पनि बैठक सुचारू हुनेमा अझै शंका कायमै छ ।