प्रिमियम मूल्य राखेर रिलायबल नेपाल लाइफको आईपीओ बिक्री खुला हुने

काठमाडौ,  १९ असार । रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । यस कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ ।

कम्पनीले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा साउन १० गतेसम्म आवेदन दिन सकिनेछ । दुवैले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्याेरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।