एलिना चौहानको स्वरमा ‘छाती चिरेर’ सार्वजनिक

गायक क्षितिज सापकोटाको नयाँ गीत ‘छाती चिरेर’ सार्वजनिक भए संगै लोकप्रिय बन्दै गैरहेको छ । क्षितिजकै शब्द र दीपक बिश्वकर्माको सगीत रहेको गीतको भोकलमा क्षितिजलाइ चर्चित गायिका एलिना चौहानले साथ् दिएकी छिन ।

गीतको भिडियोमा क्षितिज आफैले मोडेल नग्मा श्रेष्ठ संग स्क्रीन सेयर गरेका छन् । क्षितिजको अभिनयलाई दर्शकले मन पराएका कमेन्टहरु यु ट्युबमा देखिन्छ ।
रबिन्द्र बरालको निर्देशन रहेको गीतको भिडियोमा सियोन श्रेष्ठको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोलाइ (Kshitiz Sapkota) च्यानल मार्फत सार्वजनिक गरिएको हो ।