सीता दाहालको निधनप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त

काठमाडौं, २७ असार । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार बिहान ६९ वर्षीया सीता दाहालको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको छ । बुधबार शोक वक्तव्य जारी गर्दै उनले सीताको निधनको खबरले आफू स्तब्ध भएकोे बताएका छन् । दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।