राष्ट्रपति पौडेलद्वारा वर–पिपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ

काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गर्नुभएको छ । उहाँले आज राष्ट्रपति कार्यालय परिसरभित्र वर–पिपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले वर–पिपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगत्तै सुझाव दिनुभएको थियो । सोहीअनुरुप उहाँले आज पूजाअर्चनासहित वर–पिपल रोप्नुभएको हो । राष्ट्रपति भवनको पश्चिमपट्टिको भागमा चौतारो निर्माणका लागि वर–पिपल रोप्नुभएको राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो ।राष्ट्रपति पौडेलले वर–पिपल रोपेको स्थानभन्दा तल पोखरी निर्माण गर्ने योजनासमेत बनाउनुभएको छ ।