आज कहाँ-कहाँ पानी पर्छ ? हेर्नुहोस् मौसम पूर्वानुमान

काठमाडौं – सोमबार देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ। हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ ।

आज देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ। यस्तै बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा मेघ(गर्जन र चट्याङ्ग सहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।

आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा मेघ(गर्जन र चट्याङ्ग सहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।