कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल हुनेछ।

सभापति देउवाले छलफलका लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएको उनको सचिवालयले जनाएको छ।देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भोलि बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने तयारी छ। गत असार २७ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन पछि स्थगित भएको सो बैठक भोलिका लागि बोलाइएको छ।आजको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ।