बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारको बेवास्ता : ११ महिना बित्दा पनि कार्यान्वयन भएन सम्झौता

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा प्रतिदित २ हजार नयाँ बिरामी उपचारका लागि आउँछन् ।सेवा सर्वसुलभ हुनुपर्ने माग राख्दै २०७८ चैत्र महिनादेखि २०७९ भाद्र ५ गतेसम्म संविधानमा व्यवस्था भएअनुरूप स्वास्थ्य सेवा निर्वाध रूपमा पाउनुपर्ने माग राख्दै धराने जनता र हामी नेपाल नामक संस्थाले ५ महिनासम्म शान्तिपूर्ण धर्ना दिएर आन्दोलन गरे । नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

आन्दोलनको प्रमुख विषय बिरामीको चापलाई ध्यानमा राखी थप डिजिटल मेसिनलगायत अन्य आवश्यक उपकरणहरू जडान गर्नुपर्ने, ४ वर्षदेखि माग हुँदा पनि पूरा नभएको एमआरआई मेसिनको खरिद र सञ्चालनका लागि अपुग बजेट निर्धारणको व्यवस्था हुनुपर्ने, खरिद प्रक्रिया पारदर्शी गर्दै प्रतिष्ठानको वेभसाइडमा राख्ने व्यवस्था हुनुपर्ने, अस्पतालमा सेवाग्राहीको चापलाई ध्यानमा राखेर चिकित्सकलगायत स्वास्थ्यकर्मीको दरबन्दी, पारदर्शी छनोट प्रक्रिया र चुस्त व्यवस्थापन गर्नुपर्ने र सम्बन्धित निकायले अस्पतालको अनुगमन गर्नुपर्ने रहेको थियो ।