रक्षामन्त्री र युएईका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शाम्सीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

रक्षा मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा विचार विमर्श भएको उपप्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।