कांग्रेसभित्र महामन्थन कि अझै तदर्थवाद ?

काठमाडौं । संघीय सरकारको सबैभन्दा ठुलो घटक तथा सातै प्रदेश सरकारमा सहभागी र तीन सयभन्दा बढी स्थानीय निकायको नेतृत्व गरिरहेको मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बाट सुरु हुँदै छ ।

गएको एक वर्षदेखि बस्न नसकेर बडो मुस्किलले हुन लागेको सो बैठकले नेपाली कांग्रेसभित्र विचारको महामन्थन भएर कांग्रेसको भविष्यको दिशा र दशा निर्धारण गर्ने आशा गरिएको छ ।

नेपाली राजनीतिक दलहरूमा ‘संस्थापन’ र ‘संस्थापन इत्तर’ भनेर कित्ता छुट्याउने प्रचलन रहिआएको छ । संस्थापन भन्नाले सामान्यतया नेतृत्वदायी भूमिकामा रहेको समूहलाई बुझाउँछ । कुनै पनि दलको सभापति, अध्यक्ष, महामन्त्री वा महासचिव भन्नेबित्तिकै स्वतः संस्थापन पक्षधर भनेर मानिन्छ ।

तर, नेपाली कांग्रेसमा विगत केही समयदेखि सभापति र उनको वरपरको समूह र समर्थकलाई संस्थापन पक्ष र महामन्त्रीद्वयका साथै अन्य केहीलाई संस्थापनइतर भनेर सम्बोधन गर्न थालिएको छ ।संस्थापनइतरका सबैभन्दा मुखर आवाजका रूपमा महामन्त्री गगन थापा देखिएका छन् ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।