कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। सुदुर पश्चिम प्रदेश , लुम्बिनी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, बिहीबार राती देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग एक/दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।