राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। राष्ट्रिय सभा बैठक बस्दैछ ।​ संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन् ।

साथै, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले विद्युतीय ब्यापार विधेयक २०८० ला दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।