जुम्लाको बुढुमा घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीय खुसी

जुम्ला-जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ बुढु गाउँका घरघरमा धारा पुगेका छन्। गाउँका ८२ घरधुरीमा एक घर, एक धारा पुगेपछि स्थानीयको मुहारमा खुसी छाएको हो । नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन , कनकासुन्दरी गाउँपालिका र उपभोक्ता समितिको सहयोगमा ८२ घरधुरीमा खानेपानीको धारा पुर्याइएको कनका सुन्दरि गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहिले बताए ।

सबैका लागि दीगो खानीपानी सरसफाई तथा स्वछता परियोजना (सुस्वा) को सयुक्त लगानीमा संचालित बुढु खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको हो । कुल लागत ४४ लाख ७१ हजार ६ सय ५१ रुपैय ०९ पैसामा आयोजना निर्माण सम्पन्न भएको सुस्वा परियोजना संयोजक प्रताप हितानले बताएका छन्।

आयोजनाको २ हजार ७० मी शाखा पाइप लाइन, इन्टेक निर्माण १ वटा, पानी जम्मा गर्ने ट्यांकी २० घनमिटरको १ वटा, भल्ब च्याम्बर ३ वटा, १ वटा धारा बुढु स्वास्थ्य चौकी, १ वटा धारा मा.वि. बुढु चौतारा र ८२ घरधुरीमा धारा सम्पन्न भएको जनाइएको छ ।

सबै घरधुरीमा एक घर, एक धारा, एक भाडा सुकाउने चांग एक हातधुने स्थानका साथै एक घर एक शौचालय निर्माण गर्न लगाउने र पूर्ण सरसफाई युक्त गराउने परियोजनाको लक्ष्य रहेको अनुसार बुढु गाउँबाट सुरु भएको घरघर धार पालिका भरि निमाण गने मुख्य लक्ष्य रहेको कनका सुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले बताएका छन्।