सुन ठुलो सेटिङमा रहेको भन्दै रास्वपाले माग्यो गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको जवाफ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता रवि लामिछानेले सुन तस्करी प्रकरणका बिषयमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सुन ठुलो सेटिङमा रहेको भन्दै उनले यसमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिनुपर्ने बताए ।

आम नेपाली जनताले सुन तस्करीबारे बानी पारिसकेको व्यंग्य गरे । उनले भने – ‘क्विन्टलका क्विन्टल सुन आउनुमा नेपाली जनताले अचम्म मानेका छैनन्। नेपालीले थाहा पाइसके। बानी पारिसके। यस्ता घटना आउँछ। तर सरकारले कर्मचारीको सुरुवा गर्छ। सरुवा कारबाही गरिएको हो कि पुरस्कार गरेको हो? बर्खास्त गर्नुपर्ने होइन र? थुन्नुपर्ने होइन र?’