सुन प्रकरणमा गम्भीरतापूर्वक छानविन गर्नुपर्छ, संसदमा जवाफ माग्छौं – रघुजी पन्त

काठमाडौ – नेकपा एमालेका नेता रघुजी पन्तले सुन प्रकरणमा गम्भीरतापूर्वक छानविन गर्नुपर्ने बताएका छन् । बुधबार एमाले संसदीय दलको बैठकमा सहभागी हुने क्रममा पत्रकारहरुसँग कुरा गर्दै पन्तले यस्तो बताएका हुन् ।

उनले सुन प्रकरणमा वास्तविक मालिक पक्राउ गर्नुपर्ने बताए । भरियाहरुभन्दा पनि सुन ल्याउने मुख्य मान्छे को हो त्यसलाई पक्राउ गर्नुपर्ने उनको भनाई थियो । उनले यसको जडसम्म पुगेर सबैलाई कारबाही गर्नुपर्ने बताए ।

उनले सुन तस्करीमा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ भनेर आफूहरूले संसदमा आवाज उठाउने पनि बताए ।