नेपाल एसबीआई बैंकले साउन १८ गतेबाट ऋणपत्र निष्कासन गर्दै

काठमाडौं- नेपाल एसबीआई बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। एसबीआईले १० वर्ष अवधिको ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ जारी गर्न लागेको हो।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो। यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ।

बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ। योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ। यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ। बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ।

यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ।

न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।