प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

उनीहरुबीच के के बिषयमा कुराकानी भयो भन्ने नखुले पनि संसदको अवरोध हटाउने लगायत अन्य विभिन्न बिषयमा कुराकानी भएकोबुझिएको छ । गत बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसदहरुले सय क्विन्टल तस्करी प्रकरणमा मुख्य नाइके सरकारले समात्न नसकेको भन्दै संसद अवरुद्ध गरेका थिए ।

संसद अवरुद्ध गरेपछि बैठक सोमबार बस्ने गरिसकिएको थियो । यसै बिषयमा प्रधानजमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको बुझिएको छ ।