हाम्रो पार्टीले भ्रष्टाचारविरुद्ध आवाज उठाएपछि सरकारले भ्रष्टाचारका पुराना फाइल खोलेको हो :रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध आवाज उठाएपछि सरकारले भ्रष्टाचारको पुराना फाइल खोलेको दाबी गरेका छन् । सोमबार काठमाडौँमा आयोजित एक भेलामा बोल्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध आवाज उठाएपछि सरकार पनि बाध्य भएर फाइल खोलेको र अन्य दल पनि यही अभियानमा लागेको बताए ।

आगामी निर्वाचनसम्म सुशासनको क्षेत्रमा सरकारले केही काम गरे आफ्नो पार्टीका लागि खुशस्को कुरा हुने भन्दै आफ्नो पार्टीले विदेशमा बस्ने नेपालीहरुलाई मतदान गर्नका लागि आवश्यक व्यववस्थाको लागि प्रयास गरेको बताए ।